काठमाडौं, असार १० -
यु-१९ एसीसी क्रिकेट कपममा नेपालले १ सय ७ रनको भारी अन्तरले मेलेशियालाई
पराजित गरेको छ । टस जितेर ब्याटिङ थालेका नेपालले निर्धारित ओभरमा ८ विकेट
गुमाउँदै २ सय ४८ रनको लक्ष्य बनाएको हो ।
आइतबार घरेलु मैदानमा भइरहेको जवाफी ब्याटिङमा उत्रेको मलेशियाले ४३ ओभरमै
सबै विकेट गुमाउँदै १ सय ४० रनमा आफूलाई समेटेको थियो ।
नेपालका लागि सागर पुनले सर्वाधिक ७१ रन जोडे । राजेश पुलामी र प्रदीप
एरीले ३९-३९ रनको योगदान दिए । यस्तै सवास खकुरेलले ३३ , भुवन कार्की २३, र
हसिम अन्सारीले २१ रनको जोडेका थिए ।
नेपाललाई जित हासिल गर्न राहुल विश्वकर्माले सर्वाधिक ५ विकेट लिएका थिए ।
यस्तै कप्तान पृथु बाँसकोटा र अभिनास कर्णले २-२ विकेट लिए ।
नेपालले अब तेस्रो खेल मंगलबार भारतसँग खेल्ने छ । शनिबार भएको खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पाराजित भएको थियो ।
From:- www.ekantipur.com, www.spicygautam.blogspot.com