Saturday, May 8, 2010
Nepali poem
फोहोरको डंगुरमा लुकामारी खेल्दै अभावका डोकाहरु उनिहरुको सामु लम्पसार परेको छ ।उता हरक्षण आकाशिने होडमा कुदिएका छन् प्रातकालिन समय पुष्पगुच्छाका अगुल्ठाले छोपिदै स्वर्ग खोज्ने होडमा भौतारिरहेको काला वादलहरु गुरुरु गुरुरु यता उता चाँपाचाप त्यो अस्लिल नगरीमा कुरिरहेकाछन् मानवताका भण्डारमा वस्नतर यता भने वाध्यताका पोका पन्तुराहरु लिएर भोकको ढाकरलाई अँगोछाले छोप्दै कालो निस्लोट रातमाप्याट प्याट गरेको चाप सुनिन्छ अनि गुजिन्छति रातका प्रहरहरुमा खोज्दैछन संयमका डोरीहरुकर्कलोको पानी अडिनु जस्तै । अगेनाको छेउमा निदाईरहेको त्यो चोखो आत्मा नानाले जाडो भगाउनुको सट्टा रापले तताईरहदा माथि कौसींवाट छ्याप्प मैलो पानी सडकमा पर्छ अनि उसका रातका वयेलीहरु सुसाउछन् चुईक्क चुईक्क कहा लागेको छ र निन्द्रा खोज्दै छ अगेनाको राप भेट्दैन केहि । uttam gautam
1 comment:
I like in this poem .
Post a Comment